८ दिनपछि रिहा भए दुर्गा प्रसाईं

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं ८ दिनमा रिहा भएका छन् ।

पर्सा अदालतको आदेशपछि उनलाई रिहा गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी हरि बस्नेतले बताए ।

अदालतको आदेश अनुसार उनलाई साधारण तारेखमा रिहा गरिएको हो । प्रहरीले उनलाई साइबर कसुर र राज्यविरुद्धको कसुरमा मुद्दा चलाएको थियो ।

उनी केही दिनअघि मात्रै वीरगञ्जको होटल दियालोबाट पक्राउ परेका थिए ।

 

सम्बन्धित समाचार

ताजा समाचार