एनसेल मुख्यालयमा सीआईबीको छापा

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक संस्था एनसेलको लैनचौरस्थित केन्द्रीय कार्यालयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले छापा मारेको छ ।

सीआईबी स्रोतका अनुसार उक्त कम्पनीमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा अनुसन्धान अगाडि बढाइएको हो ।

एनसेल गैरकानुनी रूपमा स्मार्ट टेलिकमको सामान लिलामी, त्यसअघि शेयर बाँडफाँटसम्बन्धी विवादास्पद गतिविधिका कारण अनुसन्धानको दायरामा आएको सीआईबीस्रोतले जनाएको छ ।

एन सेलले स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेस्टमेन्ट बैंकसँग मिलेर गैरकानुनी रूपमा सम्पत्ति लिलामी गरेपछि उक्त कम्पनीका अन्य विषयमाथि पनि अनुसन्धान अगाडि बढाइएको स्रोतले जनाएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार