काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयको उपकुलपतिको जिम्मेवारी प्राध्यापक डा. नारायणप्रसाद पौडेललाई दिइएको छ । सरकारले अध्यादेश ल्याएपछि रिक्त रहेको उपकुलपतिको जिम्मेवारी पौडेललाई दिइएको हो ।
पौडेलले यसअघि विश्वविद्यालयको रजिस्ट्रार भएर काम गरिसकेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले पदपूर्ति नभएसम्मका लागि पौडललाई दैनिक कार्य सञ्चालन गर्न उपकुलपतिको जिम्मेवारी दिएको हो ।
सरकारले अध्यादेश ल्याएर यसअघिका उपकुलपति प्राध्यापक डाक्टर ध्रुवकुमार गौतम पदमुलाई पदमुक्त गरेको थियो ।

