घरयासी विवादपछि श्रीमानले गरे श्रीमतीको हत्या

गुल्मी । श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । गुल्मीको इस्मा गाउँपालिका वडा नम्बर ६ का ४५ वर्षीय थमनबहादुर कुमालले घरयासी विवादपछि ४३ वर्षीया श्रीमती सुमित्रा कुमाललाई कुटपिट गर्दा गम्भीर घाइते भएकी थिइन् ।

प्रहरीका अनुसार मंगलबार बेलुका करिब ६ बजे दुवैले मादक पदार्थ सेवन गरेको अवस्थामा सामान्य विवाद हुँदा कुटपिट भएको बताइएको छ । घटनापछि स्थानीयले साँझ ७ बजे प्रहरीलाई खबर गरेका थिए । त्यस लगत्तै अस्थायी प्रहरी पोस्ट धनार्जेबाट प्रहरी सहायक हवल्दार गुनबहादुर बोहोराको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो । कुटपिटमा संलग्न थमन कुमाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

गम्भीर घाइते सुमित्राको मुखमा चोट तथा घाँटीमा निलडाम देखिएको प्रहरीले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार