म्याग्दीका चार गाउँमा सञ्चार प्रभावित

काठमाडौं । म्याग्दीको धवलागिरि गाउँपालिकाको केन्द्र मुनामा सञ्चार सेवा अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या उत्पन्न भएको छ। धवलागिरि–४ मुदीमा रहेको दुरसञ्चार सेवा प्रदायक नेपाल टेलिकमको टावरमा विद्युत् आपूर्ति नहुँदा मुना, मुदी र लुलाङमा सञ्चार सेवा प्रभावित भएको हो।

मुनाका बासिन्दा नमिता पुनले यही वैशाख २२ गतेदेखि टावरमा देखिएको समस्या समाधान गर्न ढिलाइ हुँदा स्थानीयलाई सूचना आदानप्रदान गर्न असहज हुनुका साथै गाउँपालिकाको सेवामा पनि असर परेको गुनासो गरे।

प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद शर्माले टेलिकमको टावरमा देखिएको समस्याका कारण इन्टरनेट राम्रोसँग नचलेर योजना तथा आपूर्तिकर्ता र सेवाप्रदायकलाई भुक्तानी गर्न, सूचना आदानप्रदान गर्न समस्या भएको बताए।

वैशाख २२ गते परेको चट्याङका कारण मुदीको डाँडामा रहेको टेलिकमको टावरमा विद्युत् आपूर्ति अवरूद्ध भएको हो। टावरको वैकल्पिक विद्युत् आपूर्ति गर्ने ‘ब्याकअप’मा पनि चट्याङ्ले क्षति पुर्‍याएको धवलागिरिका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए।

 

सम्बन्धित समाचार

ताजा समाचार