काठमाडौं । आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठक बस्दै छ । संसद् सचिवालयका अनुसार आज दिउसो ४ बजे प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठक बस्दै छ ।
बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यसूची रहेको छ । राष्ट्रपति पौडेलले संविधानको धारा ९५ बमोजिम सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न लागेका हुन् ।
संसद् सचिवालयले दुवै सदनका सांसदहरूलाई दिनको ३ः ४५ बजेनै बैठक कक्षमा उपस्थित हुन आग्रह गरेको छ ।

