काठमाडौं । नेपाली कांग्रेसले सुर्खेतको वीरेन्द्रनगरमा भोलि र पर्सि कर्णाली प्रदेशस्तरीय भेला गर्ने भएको छ । विशेष महाधिवेशनपछि २८ र २९ वैशाखमा प्रदेश तथा स्थानीय तहकेन्द्रित भेला गर्न लागेको हो ।
भेलालाई कांग्रेस सभापति गगनकुमार थापा, उपसभापति विश्वप्रकाश शर्मा, महामन्त्री प्रदीप पौडेललगायतका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा प्रदेशस्तरीय भेलाको आयोजना गरिएको हो ।
पार्टीका शीर्ष नेताहरूको सहभागितामा आयोजना हुने भेला आगामी राजनीतिक कार्यदिशा, निर्वाचन समीक्षा तथा सुशासनका सवालमा केन्द्रित रहने जनाइएको छ ।

