काठमाडौं । रवि लामिछानेले कामु प्रधानन्यायाधीशले दिएको हालैको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै कडा प्रतिक्रिया दिएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूका लागि आयोजित प्रशिक्षण कार्यक्रममा बोल्दै लामिछानेले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया र त्यससम्बन्धी उठेका टिप्पणीप्रति आफ्नो धारणा राखेका हुन्।
उनले प्रधानन्यायाधीश सिफारिस प्रक्रिया परम्परागत अभ्यासभन्दा बाहिर गएको र असंवैधानिक भएको भन्ने भनाइप्रति असहमति जनाउँदै, न्यायिक तथा संवैधानिक प्रक्रिया अझ पारदर्शी र व्यवहारिक हुनुपर्ने बताए।
लामिछानेले सिफारिस प्रक्रियामा देखिएको अभ्यासले भविष्यमा भागबन्डा र राजनीतिक प्रभाव बढाउने खतरा रहेको दाबी पनि गरे।
यसै क्रममा उनले आफूमाथि व्यक्तिगत आक्रोश पोख्नेहरूलाई लक्षित गर्दै तीव्र प्रतिक्रिया दिएका छन्। “मेरो रिस गर्नुहुन्छ भने मेरो गर्धन त्यहीँ छ,” भन्दै उनले असन्तुष्ट पक्षलाई संकेत गर्दै कडा चुनौतीसमेत दिए।
उनले अदालतप्रति सम्मान रहनुपर्ने भए पनि न्याय प्रणालीलाई नागरिकमैत्री र व्यवहारिक बनाउनुपर्ने आवश्यकता रहेको धारणा राखे। “कागजमा सीमित न्याय होइन, वास्तविक न्याय दिनुपर्छ,” उनको भनाइ थियो।
लामिछानेले न्यायालय र संवैधानिक निकायहरूलाई विषयलाई हाँसोको रूपमा नलिन पनि आग्रह गरेका छन्।

