सर्वसम्मत दलको नेता चयन गर्दै कांग्रेस

नेपाली कांग्रेसले आज ९सोमबार० संसदीय दलको नेता चयन गर्दैछ । त्यसका लागि आज बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ । लगत्तै दिउँसो १ बजे संसदीय दलको बैठक बस्ने भएको छ ।कांग्रेस कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले आजको बैठकको मुख्य कार्यसूची संसदीय दलको नेता चयन भएको जानकारी दिएका छन् ।

सहमतिको प्रयास भइरहेको भन्दै कांग्रेसले अझैसम्म पनि दलको नेता चयन गर्न सकेको छैन । दलको नेता चयनका लागि प्रक्रिया अघि बढाउन निर्वाचन तालिका सार्वजनिक गरिए पनि गत शुक्रबार अन्तिम समयमा स्थगित गरिएको थियो । आजको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा सभापति गगनकुमार थापाले दलको नेताको नाम घोषणा गर्ने भएका छन् ।

कार्यसम्पादन समिति बैठकमा थापाले घोषणा गरेको नामलाई नै संसदीय दलको बैठकबाट पनि अनुमोदन गराउने तयारी कांग्रेसको छ । कांग्रेसले २०६४ सालको पहिलो संविधानसभा निर्वाचनपछि सर्वसम्मत दलको नेता चयन गर्न लागेको यो पहिलोपटक हो ।

सम्बन्धित समाचार

ताजा समाचार