
अमेरिकी रक्षा मन्त्रालयले अमेरिकी सेनाले पहिले इरानी कच्चा तेल तस्करी गरेको अभियोगमा प्रतिवन्धित एक तेल ट्याङ्करलाई नियन्त्रणमा लिएको जनाएको छ । अमेरिकी सेनाले एम÷टी टिफानी नामक राज्यविहीन र प्रतिवन्धित तेल ट्याङ्करलाई अमेरिकी इन्डो–प्यासिफिक कमान्डको कार्यक्षेत्रमा रातभरको कारबाहीमा नियन्त्रणमा लिएको हो । अहिले इरान र अमेरिकाबीच युद्धविराम छ । हर्मुज नाकाबन्दीका कारण विश्वबजारमा उथलपुथल भएको छ ।

