-धादिङको नीलकण्ठ नगरपालिका वडा नम्बर ८, कमेरे गाउँमा १ अर्ब ५० करोड रूपैयाँ लगानीमा एउटा उद्योग स्थापना हुँदैछ। धादिङमा यति ठुलो लगानीमा फ्रेन्च फ्राई उद्योग खुल्न लागेको हो । हिउँदे बालीका रूपमा आलुको प्रशस्त सम्भावना भए पनि उचित बजारको अभावमा घरायसी प्रयोजनका लागि मात्रै आलुखेती गर्दै आइरहेका किसानले अब भने व्यवसायिक रुपमा आलु खेती गर्ने बाटो खुल्ने भएको हो । आलुखेतीका लागि प्रख्यात उत्तरी धादिङ जिल्लावासीहरूलाई पनि उद्योगको स्थापनाले नयाँ आशा जगाएको छ। उच्च हिमाली भेगमा उत्पादित आलुले बजार नपाएर कुहिएरै जाने अवस्था रहेकामा अब भने बजार पाउने देखिएको छ।
१ अर्ब ५० करोड रूपैयाँ लगानीमा स्थापना भइरहेको उद्योगको आसपास ६र७ वटा ठुला खेतीयोग्य फाँटहरू छन्– कमेरे फाँट, कोइराले फाँट, तल्लोबेंसी फाँट, ससाह फाँट, बिर्ताबेंसी फाँट र जलविरे फाँट। यी फाँटहरूमा विगतमा परम्परागत ९धान, मकै० मात्रै खेती हुने गर्दथ्यो। हिउँदे बालीका रूपमा आलुको प्रशस्त सम्भावना भए पनि उचित बजारको अभावमा किसानले घरायसी प्रयोजनका लागि मात्रै आलुखेती गर्दै आइरहेका थिए।
उद्योग पूर्ण रूपमा सञ्चालनमा आएपछि करिब २ सय जनाले प्रत्यक्ष रोजगारी पाउने सञ्चालक रमेशभाइ अधिकारीले बताए। त्यस्तै करिब २० हजार किसान अप्रत्यक्ष रूपमा लाभान्वित हुने उनको दाबी छ। रोजगारीका लागि स्थानीयलाई प्राथमिकतामा राखेकाले यस क्षेत्रका युवालाई वैदेशिक रोजगारीभन्दा पनि आफ्नै ठाउँमा सीप सिकेर काम गर्ने अवसर दिने अधिकारीले बताएका छन् ।

