चुनावी दौडधुपका बीच दमक नगरपालिका वडा नम्बर ३ मा फरक दृश्य देखिएको छ । केपी शर्मा ओलीको प्रचारका लागि खोलिएको सम्पर्क कार्यालयमा बालेन शाह पुगेर त्यहाँ एमालेका झण्डा र ब्यानर मुनि बसेका कार्यकर्ताहरूसँग बालेनले हात मिलाएर फर्किएका छन् ।
प्रतिस्पर्धा र वैचारिक भिन्नताका बीच बालेनले देखाएको यो शालीनताको यतिवेला सामाजिक सञ्जालमा चर्चा भईरहेको छ । घरदैलोको क्रममा ओलीको स्वागतमा कार्यकर्ताहरू परम्परागत शैलीमा फूलका गुच्छा र माला बोकेर बाटोमा लाइन लागेर उभिने गरेका छन् ।
दही चोक र गेउरियामा ओली आउनु अघि नै एमाले कार्यकर्ताले लाइन बस्नु भन्दै निर्देशन दिने गरेको एमाले कार्यकर्ता बताउछन् । तर बालेनको हकमा भने अलिक अव्यवस्थित अनि युवाहरु उनीसँग फोटो खिच्न लालायित देखिएको श्रोत बताउछ । केपी ओली र बालेन शाह दुवैले आफ्नो पक्षमा रिजल्ट पार्नका लागि प्रयास गरिरहेका छन् ।

