भारतमा निपाह भाइरस फैलिएपछि नेपालमा परीक्षण निर्देशिका जारी

भारतको पश्चिम बंगालमा निपाह भाइरसको प्रकोपलाई लिएर मानिसहरुमा त्रास बढिरहेका बेला नेपालमा पनि शंकास्पद घटनामा परीक्षण गर्न निर्देशन दिइएको छ ।स्वास्थ्य मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सम्बन्धित निकायहरुलाई यस्तो निर्देशन दिएको हो ।नयाँ प्रोटोकलअनुसार संभावित निपाह केसहरूमा मृत्यु, गम्भीर तीव्र श्वासप्रश्वास सङ्क्रमण, तीव्र मस्तिष्क ज्वरो, कोमा, निपाह भाइरस लागेका बिरामीसँग सम्पर्कलगायत पर्छन् ।

निपाह प्रभावित क्षेत्रबाट फर्किएका, काँचो खजुरको रस पिउने, संक्रमित जनावर ९विशेषगरी चमेरो० सँग सम्पर्कमा आएका मानिसहरुलाई शंकाको घेरामा राखिएको छ।निपाह जनावरबाट मानिसमा सर्ने गर्छ । यो एक जुनोटिक भाइरस हो । तर, २०१९ मा विश्वव्यापी महामारी उत्पन्न गराउने कोरोनाभाइरसभन्दा यो भाइरस निकै घातक छ । भारतमा यस महिना पश्चिम बंगालमा निपाह भाइरस सङ्क्रमणका दुई केस पुष्टि भएको छ । दुबैजना संक्रमित स्वास्थ्यकर्मी हुन् । उनीहरुमा गत वर्ष डिसेम्बरको अन्तिम साता लक्षणहरू देखिएका थिए ।

सम्बन्धित समाचार

ताजा समाचार