रास्वपालक्षित प्रचण्डको टिप्पणीः घण्टी बजाएर केही हुनेवाला छैन

नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टी ले सोसल मिडिया स्टन्टवाज गरेर जनतामा भ्रम छर्ने काम गरिरहेको टिप्पणी गरेका छन् ।मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टी र क्रान्तिकारी कम्युनिष्ट पार्टी, नेपालका एकता पक्षधरसँगको एकता घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो आरोप लगाएका हुन ।

संयोजक दाहालले सो पार्टीमा विचार र सिद्धान्तको खडेरी भएकलो निर्वाचनको बेलामा सोसल मिडियामआ स्टन्टबाज गर्ने बाहेक अरु केही गर्न नसकेकोबताए । उनले मुलुकलाई घण्टी बजाएर मात्रै केही हुन नसक्ने भन्दै सबै बामपन्थी शक्तिहरुलाई एकतावद्ध भएर अघि बढन पनि आह्वान गरे । सबै वामपन्थी शक्तिहरु एकतावद्ध भएर अघि बढेमात्रै मुलुक र जनताको हित हुने संयोजक दाहालको भनाई थियो । संयोजक दाहालले मोहन वैद्य किरणलाई पनि आफ्नो पार्टीमा समाहित भए सम्मानका साथ स्वागत गर्ने समेत बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार