उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीको नाम र चुनाव चिन्ह कुनैपनि दलसँग विलय हुन नदिइने बताएका छन ।
मंगलवार काठमाडौंमा आयोजित उज्यालो नेपाल काठमाडौं–रामेछाप मञ्च गठन कार्यक्रममा बोल्दै अध्यक्ष घिसिङले यस्तो बताएका हुन । उनले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता सम्झौतालाई एक नराम्रो दुर्घटनाको रुपमा स्मरण गर्दै अहिले पार्टी सुदृढ अवस्थामा पुगेको पनि बताएका छन् । रास्वपासँगको एकताको १२ दिनको समय पार्टी ‘कोमा’ मा पुगेको टिप्पणी गर्दै उनले अहिले तन्द्रुस्त भएर निस्किएको बताए ।
उनले आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार भएका १२१ जना उम्मेदवारलाई जिताउन समेत अपिल गरेका छन् । निर्वाचनका समयमा कसरी कम खर्च गर्ने भन्ने विषयमा सचेत हुनुपर्नेमा नयाँ भनिएका दलहरु तडकभडकमा लाग्नु दुःखद् भएको भन्दै आफू विद्युत प्राधिकरणको कार्यकारी प्रमुख हुँदा प्राप्त उपलब्धीबारे व्याख्या गर्दै मुलुकको समग्र विकासका लागि उज्यालो नेपाल पार्टीको विकल्प नभएको जिकिर जिकिर गरेका छन् ।

