बालेन्द्र साह लगायतका लागि देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरेका छन्ः पुष्पकमल दाहाल

नेपाली कम्युनिष्ट कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहलाई अघि बढाउन वाह्य शक्तिहरुले ठूलो लगानी गरिरहेको आरोप लगाएका छन् ।
मंगलवार काठमाडौंमा आयोजित नेपाली कम्युनिष्ट पार्टीमा चुरे भावर पार्टी समायोजन कार्यक्रममा बोल्दै प्रचन्डले यस्तो आरोप लगाएका हुन । संयोजक दाहालले विचार, सिद्धान्त, त्याग, तपस्या र बलिदानको आधारमा अघि बढने भन्दा स्टन्टको भरमा लोकप्रिय हुनेहअरुलाई देशी, विदेशी शक्तिहरुले ठूलो लगानी गरिरहेको जिकिर गरे ।

उनले मुलुकमा राष्ट्रिय तागतको निर्माण गरी देश र जनताको पक्षमा काम गर्न आफूले कम्युनिष्ट र बामपन्थी शक्तिहरुबीचको एकता अभियानलाई तिब्रता दिनुपरेको समेत बताएका छन् ।संयोजक दाहालले कम्युनिष्ट, देशभक्त शक्तिहरुको एकता प्रक्रियाले मात्रै मुलुकलाई संकटबाट जोगाउने भएकाले सम्बन्धित सबै पक्षले आफूहरुको पार्टी एकता प्रक्रियामा समाहित भएर अघि बढ्नु जरुरी रहेको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार