ढाकाकुमार श्रम संस्कृति पार्टीमा प्रवेश

राष्ट्रिय स्वतन्त्र पार्टी ले बर्खास्त गरेका पूर्वसांसद ढाकाकुमार श्रेष्ठ हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीमा प्रवेश गरेका छन् । श्रेष्ठलाई पार्टी अध्यक्ष साम्पाङले मंगलबार औपचारिक रूपमा पार्टीमा भित्र्याएका हुन् ।साम्पाङले सामाजिक सञ्जालमार्फत श्रेष्ठलाई पार्टीमा स्वागत गर्दै लेखेका छन्, ‘ढाका कुमार श्रेष्ठज्यूलाई श्रम संस्कृतिमा स्वागत छ, अब लागौँ है त ? समानुपातिक कोटामा सांसद बनेका श्रेष्ठ ‘अडियो प्रकरण’पछि रास्वपाबाट निष्कासनमा परेका थिए ।

विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाईँसँग श्रेष्ठले दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि रास्वपाले उनलाई कारबाही गर्दै सांसद र पार्टी दुवैबाट निष्कासन गरेको थियो ।श्रेष्ठ त्यसपछि पनि लागुऔषध बिक्री आरोपमा पनि पक्राउ परेका थिए । प्रहरीले रोल्पा घर भई पोखरा बस्ने प्रकाश थापामगरलाई लागुऔषधसहित पक्राउ गर्दा उनले उक्त औषधि पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित श्रेष्ठको फार्मेसीबाट खरिद गरेको बयान दिएपछि श्रेष्ठलाई नियन्त्रणमा लिइएको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार