कांग्रेस वेबसाइटबाट गगन, विश्वप्रकाश र फरमुल्लाको नाम हटाइयो

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिक वेबसाइटबाट गगनकुमार थापा, विश्वप्रकाश शर्मा र फरमुल्लाह मन्सुरको नाम तथा विवरण हटाइएको छ । विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन भएको दाबी भइरहेका बेला पार्टीको वेबसाइटमा गरिएको यो परिवर्तनले कांग्रेसभित्रको विवादलाई थप सतहमा ल्याएको छ ।

कांग्रेसले १४औँ महाधिवेशनबाट महामन्त्री निर्वाचित भएका गगन थापाको नाम र तस्बिर बिहीबार बिहान वेबसाइटबाट हटाएको हो । थापासँगै अर्का महामन्त्री विश्वप्रकाश शर्मा र सहमहामन्त्री फरमुल्लाह मन्सुरको नाम पनि पार्टीको आधिकारिक विवरणबाट हटाइएको देखिएको छ ।

बुधबार काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न दोस्रो विशेष महाधिवेशनबाट गगन थापा सभापति, विश्वप्रकाश शर्मा उपसभापति र फरमुल्लाह मन्सुर सहमहामन्त्रीमा सर्वसम्मत चयन भएको विशेष महाधिवेशन पक्षधरहरूको दाबी छ ।

तर त्यसअघि नै शेरबहादुर देउवा पक्षीय कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले उनीहरू तीनै जनालाई पाँच वर्षका लागि पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको थियो ।

सम्बन्धित समाचार

ताजा समाचार