सुनचाँदीको मूल्य ह्वात्तै घट्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य ह्वात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुन तोलामा १ हजार ५ सय रुपैयाँ घटेको जनाएको हो। बिहीबार छापावाल सुन तोलामा २ लाख ७६ हजार ५ सय रुपैयाँ कारोबार भइरहेको छ। यस अघि बुधबार छापावाल सुन तोलामा २ लाख ७८ हजार रुपैयाँ पुगेका थियो । जुन मूल्य हालसम्मकै उच्च रहेको हो ।

त्यस्तै, चाँदीको मूल्य पनि बिहीबार घटेको छ । चाँदी बुधबार तोलामा ५ हजार ६ सय ५५ रुपैयाँ कारोबार भएको थियो । तर चाँदीको मूल्य बिहीबार घटेर ५ हजार ४ सय ८५ रुपैयाँ कारोबार भएको महासंघले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार