काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधवार इरानमा भइरहेको हत्याको क्रम रोकिएको जानकारी दिएका छन् ।
ट्रम्पकाअनुसार उनको प्रशासनलाई इरानमा हत्या रोकिएको आधिकारिक जानकारी प्राप्त भएको छ र अब अमेरिकाले त्यहाँको प्रक्रियालाई सुक्ष्म रूपमा अवलोकन गर्नेछ । इरानको पछिल्लो अवस्थालाई लिएर अन्तर्राष्ट्रिय समुदायको ध्यान केन्द्रित भइरहेका बेला राष्ट्रपति ट्रम्पको यो भनाइ सार्वजनिक भएको हो ।
अमेरिकाले इरानमा विकसित घटनाक्रमलाई आफ्नो प्राथमिकतामा राख्दै आएको छ ।

