कञ्चनपुर । कञ्चनपुरबाट लागू औषध सहित २ जना पक्राउ परेका छन् ।
आइतबार बेलौरी नगरापलिका–१० जर्सिखल्ला स्थित भारतबाट नेपाल तर्फ आउदै गरेको से २ प ९००३ नम्बरको मोटरसाइकललाई चेकजाँच गर्दा मोटरसाइकल चालक बेदकोट नगरापलिका–६ घोड्सुवा बस्ने ३१ वर्षीय सन्तोष बिष्ट र मोटरसाइकल पछाडी सवार सोही ठाउँ बस्ने ३४ वर्षीय सागर साँउद लागू औषध खैरो हेरोइनसहित पक्राउ परेका हुन्।
उनीहरुको साथबाट ६ ग्राम २२० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलडाँडीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

