काठमाडौं । इरानी सेनाका प्रमुख कमाण्डर अमिर हातमीले शत्रुहरूको शत्रुतापूर्ण बयानबाजी जारी रहेमा इरानले कडा जवाफ दिने चेतावनी दिएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेका प्रदर्शनहरूबारे टिप्पणी गर्दै अमेरिकाले कदम चाल्नसक्ने बताएपछि इरानको यो प्रतिक्रिया आएको हो ।
इरानी विदेश मन्त्रीले यसलाई आन्तरिक मामिला बताउँदै वाह्य हस्तक्षेप अस्वीकार गरेका छन् । सेना प्रमुखले प्रदर्शनहरूलाई दंगामा परिणत गर्नु शत्रुहरूको योजना भएको आरोप लगाउँदै सेना पूर्ण तयारी अवस्थामा रहेको र कुनैपनि गलत कदमको निर्णायक जवाफ दिइने बताए ।
उनले पश्चिमा प्रतिवन्धहरूलाई जनतालाई दुःख दिने क्रूर कदमको संज्ञा दिएका छन् ।

