अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै गृहमन्त्रीको आपत्ति

काठमाडौं । अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले अन्तरिम सरकारले केही गरेन भन्ने भाष्य सिर्जना गरिएको भन्दै आपत्ति जनाएका छन् । काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आपत्ति जनाएका हुन् । उनले परिवर्तनलाई स्वीकार गरेमात्रै द्वन्द्व नदोहोरिने बताए ।

मन्त्री अर्यालले द्वन्द्व दोहोरिन नदिने कुराको सुनिश्चितता अन्तरिम सरकारले गरेको जिकिर गरे । आफू गृहमन्त्री भएर आएपछि देशमा हिंसा नभएको, थप आगजनी हुन नदिएको र थप राजनीतिक प्रकृतिको हत्या हुन नदिएको दाबी गरेका छन् । सरकारले केही गरेन भन्ने भाष्यमा विश्वास नगर्न आग्रह गरे । उनले विधिको शासन मिचेर गरिएको काम सुशासन नहुने बताएका छन् ।

उनले भने, ‘कतिपय कुराहरु परिवर्तनलाई स्वीकार्नुपर्छ । परिवर्तनलाई स्वीकार गरे मात्रै द्वन्द्व दोहोरिँदैन । यो कुराको सुनिश्चितता यो सरकारले गरेको छ । अब यसलाई केही पनि भएन । हो भएन, हिंसा भएन नि । गृहमन्त्री आएपछि केही पनि भएन, हिंसा भएन । आगजनी रोकियो, मान्छे मर्न छोड्यो । अरु हत्या, हिंसा हुन छोड्यो, राजनीतिक प्रकृतिको । केही पनि भएन ? यस्तो भाष्य पत्याइदिने मान्छेले ? यो भाष्य पत्याइदिनु भएन । विधिको शासन मिचिनुहुन्न । विधिको शासन बमोजिम कारबाही हुनुपर्छ भनेको हुँ । यो कमजोरी हुन्छ ? सुशासनको मुद्दाभित्र केके पर्छ ? त्यो बुझ्नुपर्छ ।’

मन्त्री अर्यालले जेन–जी पुस्ताका एजेण्डा अन्तरिम सरकारको रोडम्याप भएको बताएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार