काठमाडौं । जेनजी आन्दोलनका घटनाबारे छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि औपचारिक पत्र पठाएको छ। सार्वजनिक रूपमा बयान दिन नजाने भन्दै आएका ओलीलाई आयोगले पत्राचार गरेको हो।
आयोगले यसअघि तत्कालीन गृहमन्त्री रमेश लेखक, सुरक्षा निकायका प्रमुख र काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग बयान लिइसकेको छ। पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित आयोगको म्याद एक महिना थपिएको छ।
भदौ २३–२४ गतेको जेनजी आन्दोलनमा गोली चलेको र दमन भएको विषयमा तत्कालीन सरकार प्रमुखको भूमिकाबारे ओलीसँग बयान लिन लागिएको हो। ओली र लेखक दुवैले गोली चलाउने आदेश नदिएको दाबी गर्दै आएका छन्।

