काठमाडौं । चीनले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरो र उनकी पत्नीलाई तत्काल रिहा गर्न अमेरिकासँग माग गरेको छ। अमेरिकाले मादुरो दम्पतीलाई पक्राउ गरी अमेरिका लगेको घटनालाई चीनले अन्तर्राष्ट्रिय कानुन र संयुक्त राष्ट्रसंघको बडापत्रविरुद्धको कार्य भनेको छ।
चिनियाँ परराष्ट्र मन्त्रालयले यस घटनाप्रति गम्भीर चासो व्यक्त गर्दै मादुरो दम्पतीको सुरक्षाको सुनिश्चितता र तुरुन्त रिहाइको आग्रह गरेको छ। साथै, भेनेजुएलाको समस्या संवाद र वार्तामार्फत समाधान गर्न चीनले आह्वान गरेको छ।

