सन् २०२५ मा इरानले दियो १५ सयलाई मृत्युदण्ड

काठमाडौं । इरानले गत वर्ष कम्तीमा एक हजार ५०० जनालाई मृत्युदण्ड दिएको नर्वेस्थित इरान मानवअधिकार समूहले बिहीबार जनाएको छ।

इरानी मानवअधिकार समूह (आईएचआर) र फ्रान्सेली समूह ‘टुगेदर अगेन्स्ट द डेथ पेनाल्टी (इसिपिएम)’ का अनुसार सन् २०२४ मा इरानले कम्तिमा ९७५ जनालाई मृत्युदण्ड दिएको थियो।

आइएचआरले सन् २०२५ को लागि आफ्नो अन्तिम गणना जारी गर्न बाँकी छ। कम्तिमा एक हजार ५०० मानिसहरूको मृत्यु दण्ड दिइएको र यसमध्ये ७०० भन्दा बढीलाई लागूपदार्थसँग सम्बन्धित अपराधमा मृत्युदण्ड दिइएको आइएचआरले प्रमाणित गरेको छ।

सम्बन्धित समाचार

ताजा समाचार