सुनको मूल्य ८ सय रुपैयाँले बढ्यो, तोलाको कति ?

काठमाडौं । नेपाली बजारमा बुधवार सुनको मूल्य बढेको छ । बुधवार सुनको मूल्य ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार मंगलवार प्रतितोला २ लाख ५३ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन बुधवार बढेर २ लाख ५४ हजार १ सय रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य समेत बढेको छ । महसंघका अनुसार चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो ।

मंगलबार प्रतितोला ३ हजार ५४५ रुपैयाँमा कारोबार भएको चाँदी बुधवार बढेर ३ हजार ६ सय ५५ रुपैयाँ पुगेको छ ।

सम्बन्धित समाचार

ताजा समाचार