केशरमहलमा कार दुर्घटनाः पैदलयात्रीको मृत्यु, ट्राफिक प्रहरी घाइते

काठमाडौं । केशरमहलमा अनियन्त्रित कारले ट्राफिक प्रहरी र पैदलयात्रीलाई ठक्कर दिएको छ । दुर्घटनामा एक ३० वर्षीय पुरुषको मृत्यु भएको छ भने ट्राफिक हवल्दार पशुराम ठाकुर र कार चालक ६६ वर्षीय सुरेश राज कालिका घाइते भएका छन्।

घाइते सबैलाई राष्ट्रिय ट्रमा सेन्टरमा उपचारका लागि लगिएको थियो। ट्राफिक हवल्दार ठाकुरलाई थप उपचारका लागि प्रहरी अस्पताल महाराजगञ्ज पठाइएको छ।

बा. प्र.०१–०३० च २३४८ नम्बरको नेटा इभी कार दक्षिण गेटबाट केशरमहलतर्फ जाँदै गर्दा अनियन्त्रित भई दुर्घटना भएको र ड्रिम गार्डेनको पर्खालमा ठोक्किएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

ताजा समाचार