चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै जनकपुरको पहिलो जित

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा साविक विजेता जनकपुर बोल्ट्सले पाँचौं खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गर्दै पहिलो जित हासिल गरेको छ।

चितवनले दिएको १७७ रनको लक्ष्य जनकपुरले १७ ओभर ३ बलमा ४ विकेट गुमाएर पूरा गर्‍यो। ओपनर माज सदाकतले ६३ रन बनाए भने अनिल शाहले ६१ रन जोडे।

चितवनका डेविड मलानले ८० रन बनाएका थिए। जनकपुरका बलरहरूले समान रूपले विकेट लिए।

सम्बन्धित समाचार

ताजा समाचार