मेयर बालेन शाहका पिताको अन्तिम संस्कार गरियो

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन्द्र शाहका पिता रामनारायण शाहको पशुपति आर्यघाटमा आज अन्तिम संस्कार गरिएको छ। नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत शाहको आज मध्यान्ह निधन भएको थियो।

लामो समयदेखि मधुमेहले प्रभावित रहँदै आएका उनलाई पछिल्ला दिनमा पिसाब संक्रमणले थप समस्या बढाएको अस्पतालले जनाएको छ। चिकित्सकले आज ठीक १२ः२० बजे उनको निधन पुष्टि गरेका थिए।

निधनको खबर सार्वजनिक भएको केही मिनेटमै प्रधानमन्त्री सुशीला कार्की अस्पताल पुगेकी थिइन्। मेयर बालेनलाई परेको पितृशोकप्रति समवेदना प्रकट गर्न सरकारका मन्त्री, विभिन्न दलका नेता, समर्थक तथा शुभेच्छुहरू अस्पतालदेखि आर्यघाटसम्म उपस्थित भएका थिए ।

 

सम्बन्धित समाचार

ताजा समाचार