कैलाली । कैलालीको धनगढीबाट साढे ८ ग्राम खैरो हेरोइन सहित २ जना पक्राउ परेका छन् । बिहीबार धनगढी उपमहानगरपालिका– ११ बेलाबाट २८ वर्षीय अर्जुन चौधरी र ३२ वर्षीय आशाराम चौधरी पक्राउ परेका हुन ।
उनीहरूको साथबाट ८ ग्राम ५८० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
दुवै जनालाई वडा प्रहरी कार्यालय धनगढी, लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढी र अस्थायी प्रहरी पोस्ट अम्बिकाटोलबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

