सुमनराज अर्याल मुख्यसचिव नियुक्त

काठमाडौं । सरकारले सुमनराज अर्याललाई नयाँ मुख्यसचिव नियुक्त गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले मंसिर १० गते उमेरहदका कारण अवकाशमा जान लागेका मुख्यसचिव एकनारायण अर्यालको स्थानमा उनलाई जिम्मेवारी दिने निर्णय गरेको हो।

हाल रक्षा मन्त्रालयका सचिव रहेका सुमनराज अर्याल वरीयतामा अग्रस्थानमा परेका थिए। उनी इससेअघि राष्ट्रिय योजना आयोग, युवा तथा खेलकुद, महिला तथा बालबालिका, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा कोशी प्रदेश सरकारमा विभिन्न नेतृत्व भूमिकामा कार्यरत रहिसकेको अनुभवसम्पन्न प्रशासक मानिन्छन्। प्रशासनिक सुधार र नीति निर्माणमा उनको सक्रिय भूमिका रहँदै आएको छ।

सम्बन्धित समाचार

ताजा समाचार