काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मंसिरमा विशेष महाधिवेशन गर्ने तयारी थालेको छ ।
शुक्रबार सम्पन्न केन्द्रीय समिति बैठकले विद्यमान केन्द्रीय समिति विघटन गरी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन गर्ने निर्णय गरेको हो ।
बैठकपछि जानकारी दिंदै केन्द्रीय सदस्य युवराज दुलालले महाधिवेशनले पार्टीलाई क्रान्तिकारी ढंगले रूपान्तरण गर्ने लक्ष्य लिएको बताए ।
त्यससँगै, पार्टीले फागुन २१ गते तोकिएको निर्वाचन समयमै सम्पन्न गर्न सरकारलाई सहयोग गर्ने अठोट पनि गरेको छ ।

