काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ र नेपालका लागि युरोपेली संघकी राजदूत भेरोनिक लोरेन्जोबीच सिंहदरबारमा शिष्टाचार भेट भएको छ।
बिज्ञापन
भेटमा दूधकोशी जलाशययुक्त आयोजना, हरित ऊर्जा, ऊर्जा सुरक्षा, दक्षता तथा प्रसारण(वितरण प्रणाली सुधारलगायत विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।
मन्त्री घिसिङले आयोजना उच्च प्राथमिकतामा रहेको बताउँदै वित्तीय व्यवस्थापन तथा सहयोगका लागि आग्रह गरेका थिए। राजदूत लोरेन्जोले नेपालका ऊर्जा आयोजनामा युरोपेली संघको निरन्तर सहयोग रहने प्रतिवद्धता जनाइन्।

