काठमाडौं । पूर्व गृहमन्त्री रमेश लेखक आमाको निधनले मातृशोकमा परेका छन्। उनका ८९ वर्षीया आमा शारदा लेखकको विहीबार साँझ काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको हो।
दमको दीर्घरोगबाट पीडित रहेकी शारदाको स्वास्थ्य अवस्था पछिल्लो समय जटिल बनेपछि अस्पतालमा भर्ना गरिएको थियो।
मन्त्री लेखकको निवासमा आगजनी भएको दिन पनि शारदा घरभित्रै रहेकी थिइन्। त्यतिबेला आन्दोलनकारीकै सहयोगमा उनलाई सुरक्षित बाहिर निकालिएको थियो।
सैनिक सुरक्षा व्यवस्थाबाट मुक्त भएपछि रमेश लेखक आमाको उपचारमा सक्रिय रहेका थिए।

