काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले अघिल्ला सरकारका समयमा राजनीतिक प्रभावका कारण थुनिएका अनुसन्धानका फाइलहरू पुनः खोली अघि बढाउने घोषणा गरेका छन्।
आज केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) मा पुगेका मन्त्री अर्यालले पत्रकारहरूसँग कुरा गर्दै अब कुनै पनि अपराध अनुसन्धान राजनीतिक दबाबमा रोकिँदैन भन्ने स्पष्ट सन्देश दिए।
उनका अनुसार विगतमा सुशासन सुनिश्चित गर्न नसक्दा सरकार र जनप्रतिनिधिहरूको म्यान्डेट अपूर्ण रह्यो। त्यसैले वर्तमान सरकारको पहिलो प्राथमिकता सुशासन नै हुने उनले बताए।
“शान्ति सुरक्षा बिना ६ महिनाभित्र निर्वाचन सम्भव छैन, त्यसैले प्रभावकारी अनुसन्धान र सुशासन कायम गर्नु अपरिहार्य छ,” गृहमन्त्री अर्यालको भनाइ थियो।
साथै उनले प्रहरी संगठनलाई पेशागत दक्षता देखाउँदै अनुसन्धानमा ठोस परिणाम निकाल्न निर्देशनसमेत दिएका छन्।

