मोटरसाइकल दुर्घटनाः एक जना गम्भीर घाइते

महेन्द्रनगर । कञ्चनपुरको नजिक मोटरसाइकल दुर्घटनामा एक पुरुष घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मंगलबार साँझ करिब ८ः३० बजे मोटरसाइकल कुकुरसँग ठोक्किँदा चालक घाइते भएका हुन्।

घाइतेको नाम, थर र ठेगाना खुल्न सकेको छैन। उनी गहुँगोरो वर्णका, करिब ५।५ फिट अग्ला र अन्दाजी ५०–५५ वर्ष उमेरका पुरुष रहेको प्रहरीले जनाएको छ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी टोली खटिई घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ। हाल उनको उपचार भइरहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार