काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीको नाम प्रयोग गरी सामाजिक सञ्जालमा फेक फेसबुक र ट्वीटर खाता खोलिएको पाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार विज्ञप्ति जारी गर्दै ती आइडीहरू पूर्ण रूपमा नक्कली भएको जनाउँदै नागरिकलाई भ्रममा नपर्न आग्रह गरेको छ ।
कार्यालयका प्रवक्ता सहसचिव रविलाल शर्माले जारी विज्ञप्तिमा गैरकानुनी गतिविधि गर्नेहरूलाई कानुन बमोजिम कारबाही हुने चेतावनी दिएका छन् ।
“प्रधानमन्त्रीको नाममा फेक आइडी सञ्चालन हुनु गम्भीर विषय हो, यसप्रति सचेत रहन सबैलाई अनुरोध गरिन्छ,” विज्ञप्तिमा भनिएको छ ।


