शुक्लाफाँटामा तीन करोड बढीको क्षति

कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा शुक्लाफाँटा नगरपालिकाले पनि आर्थिक क्षति बेहोर्नुपरेको छ। तोडफोड र आगजनीका कारण नगरपालिकासहित वडास्तरका कार्यालयमा तीन करोड २५ लाख एक हजार ५५ बराबरको क्षति पुगेको हो।

नगरपालिकाको मुख्य प्रशासनिक भवन जोगाउन सफल भएको प्रवक्ता लालबहादुर ऐरले बताए। नगरपालिकाको जिन्सी शाखाका प्रमुख कृष्ण कार्कीका अनुसार सबैभन्दा बढी क्षति वडा नं ८ मा देखिएको छ। जहाँ मात्रै ५५ लाख ९६ हजार ८७१ बराबरको सम्पत्ति, कागजपत्र, फर्निचर, कम्प्युटर, अभिलेखलगायत नष्ट भएको छ।

यसैगरी, वडा नं १ मा ४६ लाख ७४ हजार ९५९, वडा नं ७ मा ४५ लाख तीन हजार ७२, वडा नं ३ मा २५ लाख १० हजार ४९४ र वडा नं ५ मा २३ लाख १० हजार सात सय ७१ बराबरको क्षति भएको छ।

सम्बन्धित समाचार

ताजा समाचार