शीर्ष नेताहरूको राहदानी रोक्ने तयारी

काठमाडौं । सरकारले केही शीर्ष नेताहरूको राहदानी रोक्ने तयारी थालेको छ।

तयारीमा परेका नेताहरूमा नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक, नेपाली कांग्रेस सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व ऊर्जामन्त्री दीपक खड्का लगायतका व्यक्तिहरू छन्।

सरकारी स्रोतका अनुसार, गत भदौ २३ मा भएको जेनजी आन्दोलन दमनसँग सम्बन्धित गतिविधिहरूको छानबिन गर्नका लागि पासपोर्ट रोक्ने तयारी भइरहेको हो।

सरकारले हाल दुई मुख्य विषयमा अनुसन्धान केन्द्रित गर्ने देखिएको छ—गत आन्दोलनको दमन र नेताहरूको घरमा भेटिएको नगद रकम। स्रोतका अनुसार, यी आधारमा तत्काल अनुसन्धान सुरु गर्न पासपोर्ट रोक्ने कदम चालिने योजना रहेको छ।

सम्बन्धित समाचार

ताजा समाचार