सर्पको टोकाईबाट एक जनाको मृत्यु

कैलाली । कैलालीमा सर्पको टोकाइबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकास्थित राजपुरमा सर्पको टोकाइबाट बाजुराको त्रिवेणी नगरपालिका– २ चौसालका ४० वर्षिय सर्जन बुढाको मृत्यु भएको हो ।

मंगलबार राती राजीपुरमा सर्पले टोकेपछि बुढालाई उपचारका लागि धनगढी स्थित सेती प्रादेशीक अस्पतालमा लगिएको थियो । उनको उपचारका क्रममा सेती प्रादेशीक अस्पतालमै मृत्यु भएको त्रिवेणी नगरपालिकाकी उपप्रमुख कमलाकुमारी जैसीले बताईन् ।

सम्बन्धित समाचार

ताजा समाचार