गोकर्णेश्वरमा महिलामाथि हतियार आक्रमण, आक्रमणकारी पक्राउ

काठमाडौं । राजधानीको गोकर्णेश्वर नगरपालिका–७, शिवचोकमा महिलामाथि हतियार प्रहार भएको छ। आफ्नै घरमा खाना खाइरहेकी सीतादेवी पन्तमाथि सोमबार राति आक्रमण भएको हो।

हतियार प्रहारबाट घाइते भएकी पन्तलाई तत्कालै अस्पताल पुर्‍याइएपछि उनको उपचार भइरहेको प्रहरीले जनाएको छ। उनको अवस्था मध्यम रहेको बुझिएको छ।

घटनापछि प्रहरीले आक्रमणमा संलग्न सिन्धुपाल्चोकका ३७ वर्षीय कर्णबहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धान अनुसार तामाङले मदिरा सेवन गरेको अवस्थामा पन्तको कोठामा प्रवेश गरी आक्रमण गरेका हुन्।

प्रहरीका अनुसार पीडित पन्तले आफूमाथि किन आक्रमण भयो भन्ने विषयमा जानकारी नभएको बताएकी छिन्। पक्राउ परेका तामाङलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइएको छ।

 

सम्बन्धित समाचार

ताजा समाचार