कांग्रेसले संविधान दिवस कसरी मानाउँदैछ ?

काठमाडौं । नेपाली कांग्रेसले असोज ३ गते खबरदारी र जागरणसभा गरी संविधान दिवस मनाउने भएको छ । काँग्रेस पार्टी केन्द्रीय कार्यालयले निर्णय गरेर पार्टीका जिल्ला समिति र भ्रातृसंस्थाको आयोजनामा मुलुकभर खबरदारी र जागरण सभा गर्न निर्देशन दिएको हो ।

कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले असोज ३ गते संविधान दिवसका दिन खबरदारी र जागरणसभा गर्ने केन्द्रका तर्फबाट निर्णय भएको र त्यो कार्यक्रम पार्टीका जिल्ला समिति र भ्रातृसंस्थाले आयोजना गर्ने जानकारी रातोपाटीलाई दिए ।

गत भदौ २७ गते राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको प्रावधान बाहिरबाट पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरेपछि औपचारिक रूपमा असहमति जनाएको कांग्रेसले संविधान दिवसका दिन खबरदारीसभा गर्न लागेको हो ।

उनले पार्टीका जिल्ला समितिले गोष्ठी, शान्तिपूर्ण प्रदर्शन र अन्तरक्रिया गर्ने जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

ताजा समाचार