कैलाली । कैलालीको अत्तरियामा रहेको उग्रतारा सुधार गृहमा राखिएका युवकको मृत्यु भएको छ । बुधवार उग्रतारा सुधार गृहमा राखिएका डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ का २८ वर्षीय सागर मल्लको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक ९डिएसपी० रणबहादुर चन्दले मल्लको गए राति उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा मृत्यु भएको बताए ।
मानसिक स्वास्थ्यमा समस्या रहेका मल्ललाई चार महिनाअघि सुधार गृहमा राखिएको थियो । औषध खाएर साँझ निदाएका उनी बुधवार बिहान पौने २ बजे तिर शौचालय गएको सिसिटिभीमा देखिएको डिएसपी चन्दले बताए ।

