स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिंदै प्रहरी कार्यालय

भक्तपुर । जेनजी प्रदर्शनका क्रममा गत भदौ २४ गते जलाइएका भक्तपुरका दुई प्रहरी वृत्तसहित १७ वटा प्रहरी प्रभाग एवं एकाइहरु स्थानीयको आर्थिक सहयोगमा धमाधम मर्मत गरिएका छन् ।

जगाती प्रहरी वृत्त र थिमि प्रहरी वृत्तको मर्मत जारी छभने कतिपय प्रहरी प्रभाग एवं चौकीहरु स्थानीयले मर्मत गरिरहेका छन् । आगजनीबाट ध्वस्त जिल्ला ट्राफिक प्रहरी कार्यालयले एउटा कोठाबाट काम सुरु गरेको छ । स्थानीयको आर्थिक सहयोगमा भवन मर्मत सुरु गरिएको छ ।

चार वर्ष अगाडि व्यवसायी नवीन प्रजापतिको संयोजकत्वमा निर्माण गरिएको भवन जलाइए पछि पुनः प्रजापतिकै नेतृत्वमा सरसफाई गरी एउटा कोठाबाट सेवा सुरु गरिएको ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले जानकारी दिए ।

सूर्यविनायक नगरपालिका–८ सिपाडोलका वडा अध्यक्ष पुष्पराज बस्नेतको नेतृत्वमा निर्माण उपभोक्ता समिति गठन गरेर वडावासीसहितले प्रहरी वृत्त जगातीको भवन चारदिनदेखि सफाई र प्लाष्टर गरिरहेका छन् ।

प्रहरी वृत्त मर्मतका लागि करिब ३५ देखि ४० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार