काठमाडौं । जेनजी आन्दोलनको बलमा सुशीला कार्कीको नेतृत्वमा सरकार बनेसँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईलाई राजीनामा गराउने विषयमा छलफल सुरु भएको छ।
आन्दोलनकारीको मागअनुसार भ्रष्टाचार विरोधी अभियान सुरु गर्न कार्की नेतृत्वको सरकारले अख्तियार प्रमुख राईलाई राजीनमा गर्न दबाब दिने भएको हो।
राई पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको चाहनाअनुसार अख्तियार प्रमुखमा नियुक्त भएका थिए।

