संविधानको संरक्षणका लागि नेपाल तरुण दल लमजुङको अपिल

काठमाडौं । नेपाल तरुण दल जिल्ला कार्य समिति लमजुङले संविधानको रक्षा र लोकतन्त्रको निरन्तरताका लागि शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन आह्वान गरेको छ ।

समितिले आज दिउँसो १ बजेदेखि बेँसीशहरस्थित भीमसेनस्थान चोकमा आयोजना हुने शान्तिपूर्ण प्रदर्शनमा सहभागी हुन सबै लोकतन्त्रप्रेमी दाजुभाइ तथा दिदीबहिनीलाई हार्दिक अपिल गरेको हो ।

समितिका अध्यक्ष कुम रासी गुरुङले जारी गरेको अपिलमा मुलुकको विषम परिस्थितिमा संविधानको रक्षा गर्नु आजको आवश्यकता भएको उल्लेख गर्दै सबैलाई प्रदर्शन स्थलमा उपस्थित रहन आग्रह गरिएको छ ।

हेर्नुहोसु तरुणदलको अपिलः

सम्बन्धित समाचार

ताजा समाचार