काठमाडौं। जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ५१ पुगेको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताएका छन् । जस अन्तर्गत काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ ।
तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ। प्रर्दशनका घाईते भएकाहरु मध्धे केही उपचार पश्चात घर फर्केका छन् ।

