काठमाडौं। देउवा दम्पतीको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र निवर्तमान परराष्ट्रमन्त्री आरजु राणा देउवाको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाका एक अधिकृतले जानकारी दिएका छन् । अधिकृतका अनुसार उनीहरू दुवैको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।
मङ्गलबार भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा उहाँहरूमाथि आक्रमण हुँदा देउवा दम्पती घाइते भएका थिए ।
देउवा दम्पती अहिले सेनाको सुरक्षामा छन् ।

