नयाँ सरकार गठनको दाबी गर्दै युवाहरूबीच झडप

काठमाडौं । काठमाडौंको सुन्धारा अगाडि युवाहरूबीच झडप भएको छ । जेनजी आन्दोलनपछि नयाँ सरकार गठनको दाबी गर्दै विभिन्न समूह सुन्धारा क्षेत्रमा भेला भएका छन् ।

प्रधानमन्त्रीले राजीनामा दिएपछि नेपाली सेनाले कमाण्ड हातमा लिएर युवाहरूसँग छलफल गर्न थालेपछि फरक फरक समूह जेनजी आन्दोलनको नेतृत्वकर्ताको दाबी राखेर प्रस्तुत भइरहेका छन् ।

अन्तरिम सरकारको प्रमुख कसलाई बनाउने भन्ने विषयमा एकअर्काका शिफारिसलाई अस्वीकार गर्दै युवाहरूबीच विवाद भएको हो ।

यस्तै, नेपाली सेनाको मुख्य कार्यलय परिसरमा पनि युवाहरुबीच झडप भएको खबर प्राप्त भएको छ ।

सम्बन्धित समाचार

ताजा समाचार